गण्डकी प्रदेश सरकार

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय

शिक्षा तालिम केन्द्र

दमौली, तनहुँ , नेपाल

बारम्बार सोधिने प्रश्नहरु

१० महिने सेवाकालीन तालिमको प्रमाणपत्रका लागि आवश्यक पर्ने कागजातहरु के-के हुन ?

  1. नेपाली नागरिकताको प्रतिलिपि,
  2. नियुक्तिपत्रको प्रतिलिपि,
  3. रू. १० को टिकट टासँ भएको निवेदन,
  4. प्रतिलिपि सहित तालिमको सक्कलै लब्धाङ्ग पत्र,
  5. पासपोर्ट साइजको २ प्रति फोटो,
  6. मञ्जुरीनामा ( अन्य व्यक्तिलाई प्रमाणपत्र लिन पठाउनेको हकमा मात्र )।

टिपिडी प्रमाणीकरण तालिम प्रमाणपत्रका लागि आवश्यक पर्ने कागजातहरु के-के हुन ?

  1. नेपाली नागरिकताको प्रतिलिपि,
  2. नियुक्तिपत्रको प्रतिलिपि,
  3. पासपोर्ट साइजको फोटो १ प्रति,
  4. मञ्जुरीनामा ( अन्य व्यक्तिलाई प्रमाणपत्र लिन पठाउनेको हकमा मात्र ) ।

शिक्षक पेशागत विकास(TPD) तालिमको अवधि कति दिन हुन्छ ?

३० दिन