243296350_354480552963498_2960775394760395945_n
118183814_311632660260921_3722236495098634247_n (2)

नेपालहरि रानाभाट

तालिम प्रमुख
118014262_298509844709871_6913900083716460759_n (3)

बिदुरहरि आचार्य

सूचना अधिकारी
✉️ bidurhari@gmail.com
✆ 9856061105

बाराम्बार सोधिने प्रश्नहरु

Download PDF

पृष्ठभूमि

          गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शैक्षिक निकाय तथा विद्यालयहरूमा कार्यरत कर्मचारी प्रधानाध्यापक शिक्षक लगायतका शैक्षिक जनशक्तिको बृत्ति विकाससम्बन्धी तालिम तथा निरन्तर पेसागत विकासका कार्यक्रम सञ्चालन गर्न नीतिगत मार्गदर्शन प्रदान गर्ने उद्देश्यले विक्रम सम्बत् २०५० सालमा शिक्षा तालिम केन्द्रको स्थापना गरिएको हो । यस तालिम केन्द्रले शिक्षा क्षेत्रमा काम गर्ने सबै प्रकारका जनशक्तिको बृत्ति विकास सम्बन्धी तालिम लगायत क्षमता विकासका सबै विषयमा ब्यवस्थापन सञ्चालन नियन्त्रण र नियमनको सम्पूर्ण जिम्वेवारी र दायित्व वहन गर्दै आएको छ ।

तालिम केन्द्रले विगतदेखि नै शिक्षक तथा प्रधानाध्यापक लगायत शिक्षा सेवाका जनशक्तिको सैद्धान्तिक ज्ञानलाई प्रशिक्षणको माध्यमबाट अद्यावद्यिक र नवीकरण गर्ने, शिक्षण कौशलको विकास गर्ने, गोष्ठी र कार्यशाला मार्फत शैक्षिक प्रशासन र ब्यवस्थापनलाई प्रभावकारी बनाउदै सेवा प्रवाहमा सन्तुष्ठी उपलब्ध गराउन उपयुक्त शिक्षण विधिको प्रयोगमा सहजीकरण गर्ने काम गर्दै आएको छ । शिक्षा मन्त्रालयको नयाँ संगठन संरचना अनुसार साविकको शैक्षिक तालिम केन्द्रलाई रुपान्तरण गरी आर्थिक वर्ष २०७५/०७६ देखि यस केन्द्रलाई शिक्षा तालिम केन्द्रको नाममा स्थापित गरिएको छ । यस प्रदेशअन्तर्गत साविकमा क्रियाशील रहेका तीनवटा शैक्षिक तालिम केन्द्रहरु क्रमशः म्याग्दी कास्की र गोरखा यसै शिक्षा तालिम केन्द्र तनहुँमा एकिकृत भइसकेका छन् । कार्यक्षेत्र एवम् अधिकार क्षेत्रका दृष्टिले यस तालिम कन्द्रलाई प्रदेशभित्रका शिक्षा प्रणालीसम्बन्धी सबै प्रकारका तालिम कार्यक्रम योजना सञ्चालन तथा प्रमाणिकरण गर्ने कार्यदेश प्राप्त भएको छ ।

नतिजा

✍ मिति २०८०/०२/१८ गतेदेखि मिति २०८०/०२/२७ गतेसम्म सञ्चालन भएको माध्यमिक तह मा गणित विषय अध्यापनरत शिक्षकहरुका लागि टिपिडी प्रमाणिकरण तालिम सम्बन्धी १० दिने तालिमको नतिजा

✍ मिति २०८०/०२/१७ गतेदेखि मिति २०८०/०२/२६ गतेसम्म अनलाइन माध्यमद्वारा सञ्चालन भएको आधारभूत तह (कक्षा ६-८) मा विज्ञान विषय अध्यापनरत शिक्षकहरुका लागि टिपिडी प्रमाणिकरण तालिम सम्बन्धी प्रथम चरणको १० दिने तालिमको नतिजा

✍ मिति २०८०/०२/२७ गतेदेखि मिति २०८०/०३/०४ गतेसम्म अनलाइन माध्यमद्वारा सञ्चालन भएको माध्यमिक तह मा विज्ञान विषय अध्यापनरत शिक्षकहरुका लागि टिपिडी प्रमाणिकरण तालिम सम्बन्धी प्रथम चरणको १० दिने तालिमको नतिजा